काठमाडौं आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप
खबर एक्सप्रेस
२०७८-०६-०१ ०२:२० मा प्रकाशित
Total Shares: 207
काठमाडौं - सरकारले चीनबाट खरिद गरेको कोभिड-१९ विरुद्धको ४४ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।
खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको वाइडबडी-३३० जहाज बिहीबार राती बेइजिङ उडेको थियो । शुक्रबार दिउँसो करिब २ बजे खोप लिएर जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा उत्रिएको विमानस्थल प्रशासनले जनाएको छ ।
सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।
स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख मात्रा खोप तुरुन्तै लगाउन सुरु गरिने बताए । ‘हामी तयार छौं । निश्चित उमेर समूहलाई लगाउँछौं,’ उनले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस