काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले चेल्सीमाथि सहज जित हात पारेको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो ।

खेलको १८औं एकाए गुन्डागोनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २१औं मिनेटमा फिल पोडेन र केभिन डे ब्रुएनाले ३४औं मिनेटमा गोल गर्दै पहिलो हाफमै सिटीलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा कलुम हड्सन ले चेल्सीका लागि एक गोल फर्काए ।

जितसँगै सिटी १५ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । पराजित चेल्सी १७ खेलबाट २६ अंकसहित आठौं स्थानमा छ ।