काठमाडौं,एजेन्सी - शानदार जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एसीले क्रोटोनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

मिलानको जितमा ज्लाटन इब्राहिमोभिच र एन्टी रेबिक चम्किए । ३०औं मिनेटमा इब्राहिमोभिचको गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । खेलको ६४औं मिनेटमा इब्राहिमोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

त्यसपछि ६९ औं मिनेटमा रेबिकले गोल गर्दै मिलानलाई तितर्फ धकेले । ७० औं मिनेटमा रेबिकले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ४-० को जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको मिलानको २१ खेलमा ४९ अंक छ । पराजित क्रोटोन भने १२ अंक जोडेर पुछारमा छ ।