काठमाडौं,एजेन्सी - पछिल्लो समय मानिसहरु मोटोपन र चाँडै स्वास्थ्यमा आउने खराबीका समस्याबाट निकै चिन्तित छन् । यस्तो समस्याहरुबाट बच्नका लागि उनीहरुले विभिन्न तरिका अपनाउँछन् तरपनि शरीरमा कुनै पनि सुधार आउँदैन । न त मोटोपनाबाटै छुटकारा पाउँछन्, न त स्वास्थ्यमै सुधार भएको महसुस गर्ने गर्छन् । उनीहरुले आफूलाई कमजोर भएको महसुस गर्दै जान्छन् । 

त्यस्तै आफू स्लिम हुनका लागि विभिन्न प्रकारका महंगो औषधिको सेवन पनि गर्दै आएका छन् । तर कुनै पनि सुधार देखिदैन । त्यसोत लगातार वजन बढ्छ भने इनर्जी लेबल पनि कमजोर हसँदै जान्छ । र थकान महसुस गर्छन् । यदि तपाईमा पनि यस्तो समस्या छ भने ग्रीन कफी पिउन सुरु गर्नुहोस् । किन भने ग्रीन कफीमा भएको तत्वले शरीरको वजन घटाउनका लागि मात्रै सहयोग गर्दैन, स्वास्थ्यमा सुधार समेत गर्छ । 

सुगर लेबल म्यानेज गर्छः 

ग्रीन कफीमा पाइने मिनेरल्स र एन्टिअक्सिडेन्टसले शरीरमा हुने सुगरलाई म्यानेज गर्छ । जसका कारण इन्फेक्शन र वजन बढ्ने समस्यालाई टाढा राख्छ । यदि तपाईहरु चिया र कफी खाइरहनुभएको भएता पनि ग्रीन कफी खाँदा खासै असर गर्दैन ।

थकानलाई ठाढा राख्छः

ग्रीन कफीमा क्रोनोलोजिकल एसिडको मात्रा धेरै हुन्छ । त्यसैले हरेक विहान तपाईले ग्रीन कफी पिउनुभयो भने शरीरमा हुने मेटाकलिज्म ठीक हुन्छ । साथै शरीरलाई उर्जा दिन्छ र थकानबाट टाढा राख्छ । 

वजनलाई कन्ट्रोल गर्छः

मिनरल्स र भिटामिनले भरिपूर्ण ग्रीन कफीले वजनलाई कन्ट्रोल गर्न मद्दत गर्छ । ग्रीन कफी पिउँदा शरीरमा हुने चर्बी कम हुन्छ । जसको कारण वजन बढ्नलाई रोक्छ ।

क्यान्सरबाट बचाउँछः

ग्रीन कफीको सेवनले क्यान्सरबाट पनि बचाउँछ । दैनिक विहान एक कप ग्रीन कफी पिउनाले शरीरमा ट्युमर बन्ने सम्भावनालाई कम गर्छ ।