बाबुराममाथि कमल थापाको कटाक्ष: जिउँदै मान्छेलाई बगाएको चाहिँ बिर्सिनुभयो ?
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयलाई लिएर जनता समाजवादी पार्टीका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईमाथि कटाक्ष गरेका छन् ।
‘विश्वास खतरनाक कुरा हो। यसले दुध फालिदिन्छ र पिसाब पिउँछ ।’ बाबुरामले मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दुध चढाएको तस्बिर सेयर गर्दै ट्विटरमा भनेका छन् ।
थापाले सोही विषयमा बाबुराममाथि ‘जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो’ भन्दै कटाक्ष गरेका हुन् । ‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाको,मान्छेको लास बगाएको,जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ?’ थापाले सामाजिक सञ्जालमार्फत् भने ।
फेसबुक पेज Like गर्नुहोस