काठमाडौं - नेकपा माओवादी केन्द्रले साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ । आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले सो अवधिभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको हो ।

त्यस्तै, बैठकले साउन २० गते बोलाइएको केन्द्रीय कमिटी बैठक १० दिनपछि सारेको छ । साथै, ३० साउनभित्र पार्टीको वडा कमिटीहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित कमिटीबाट लिएर आउन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई छ ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिए पनि माओवादीको पार्टी कमिटीहरु गठन–पुनर्गठनको कामले प्राथमिकता पाउन सकेको छैन ।नसकेको नेताहरु बताउँछन् ।