विशेष अभियान सञ्चालन गर्दै नेकपा, यस्तो छ तयारी
खबर एक्सप्रेस
२०७६-११-०३ ११:०० मा प्रकाशित
Total Shares: 249
काठमाडौं - हालै सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकबाट पारित पार्टीको विशेष अभियानको तयारी पूरा भएको छ ।
माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विशेष अभियानको प्रस्ताव गरिएको थियो ।
प्रस्ताव सर्वसम्मतिले पारित भएपछि नेताहरू कार्यान्वयनमा जुटेका थिए ।
अब फागुनभरि प्रदेशस्तरको अभियानका लागि तयारी भेला, बैठक गर्ने र चैतदेखि अभियान सञ्चालन गर्ने कार्यक्रम तय र्भको पार्टीको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस