आईपीएल : हैदराबादद्वारा चेन्नई पराजित
काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ ।
गएराति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।
चेन्नईका रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोड्दा फाप डु प्लेसिसले २२ रन बनाए । साम करन १५ रनमा अविजित रहे ।
हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १/१ विकेट लिए । यस अघि ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
हैदराबादका लागि प्रियम गार्गले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । अविशेक शर्माले ३१ रन जोड्दा मनिस पाण्डेले २९ रन बनाए । कप्तान डेभिड वार्नर २८ रनमा आउट भए ।
चेन्नईका दिपक चाहरले दुई विकेट लिए । शार्दुल ठाकुर र पियुस चावालाले १/१ विकेट लिए । जितसँगै हैदराबादले ४ खेलमा दुई जितसहित ४ अंक जोडेको छ । चौंथो स्थानमा उक्लिएको छ । यस्तै, चेन्नई तेस्रो हारसहित तालिकाको पुछारमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस