उपत्यकामा राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने
खबर एक्सप्रेस
२०७८-०४-२६ ०४:०५ मा प्रकाशित
Total Shares: 254
काठमाडौं - काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । बिहीबारबाट लागू हुने गरी काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले सो निर्णय गरेको हो ।
निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । उपत्यकामा निषेधाज्ञा पनि थपिएको छ । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहने पराजुलीले बताए ।
फेसबुक पेज Like गर्नुहोस