इलाम- इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।एमाले उम्मेदवार नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्काभन्दा ५ हजार ५८५ मतले अघि छन्।पछिल्लो मत परिणामअनुसार सुहाङले १५ हजार ६५३ मत ल्याएका छन् भने डम्बरले १० हजार ६८ मत ल्याएका छन्।त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले ८ हजार ६८९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ५८५ मत ल्याएका छन्