काठमाडौं - रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिथियम आयोन ब्याट्रीको विकास गर्ने तीन वैज्ञानिकलाई प्रदान गरिने भएको द गार्डियनले लेखेको छ । सो पुरस्कार दुई अमेरिकी र एक जापानी वैज्ञानिकलाई प्रदान गरिने भएको हो ।

रोयल स्विडिस एकेडेमी अफ साइन्सले बुधबार अस्टिनस्थित टेक्सास युनिभर्सिटीका जोन बि गुडेनअफ, बिङहाम्टन युनिभर्सिटीका एम स्टान्ली विटिङहाम र मेइजो युनिभर्सिटीका अकिरा योसिनोलाई प्रदान गर्ने निर्णय गरेको हो । ९७ वर्षका जोन बि गुडेनअफ नोबेल पुरस्कार पाउने पाका व्यक्ति भएका छन् ।

लिथियम९आयोन ब्याट्रीलाई पुरस्कारको लागि धेरै पहिलेदेखि पहल गरिएको थियो । हाई–टेक विश्वको विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । अन्य ब्याट्री भन्दा हलुका र कम्प्याक्ट हुने लिथियम९आयोन ब्याट्रीको प्रयोग मोबाइल फोनदेखि ल्यापटप तथा इलेक्ट्रिक कारमा पनि हुन्छन् ।

यो पुरस्कार रसायन विधामा प्रदान गरिएको यो १११ औं संस्करणको पुरस्कार हो । सन् १९०१ मा यो पहिलो पटक वितरण गरिएको थियो । अहिलेसम्म ५ महिलाले मात्रै नोबेल पुरस्कार पाएका छन् ।