रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको बैठक
खबर एक्सप्रेस
२०७९-१२-०२ ११:३८ मा प्रकाशित
Total Shares: 124
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ ।
रास्वपाले उपराष्ट्रपतिको निर्वाचनका विषयमा निर्णय लिन शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी पदाधिकारी र दलको संयुक्त बैठक बोलाएको हो ।
राष्ट्रपतिको निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा निर्णय लिन बैठक बोलाएको हो । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार नै रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस