कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रधानमन्त्रीको निर्देशन
खबर एक्सप्रेस
२०७८-०४-१९ ०४:५७ मा प्रकाशित
Total Shares: 227
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।
ऊर्जामन्त्री पम्फा भूसाललाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन् । प्राधिकारणको सुधार र जनताको चाहना अनुसार घिसिङलाई जिम्मेवारी दिने प्रक्रिया थाल्न देउवाले निर्देशन दिएको स्रोतले बतायो ।
निर्देशन लगत्तै उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन्।
कुलमान घिसिङ गत वर्ष भदौमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बाहिरिएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस