काठमाडौं - संवैधानिक परिषद्को बैठक सकिएको छ । 

आइतबार अपरान्ह परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको बैठक विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेर सम्पन्न भएको हो । परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार बैठकले रिक्त लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ । सिफारिस गरेका नाम केहीबेरमा सार्वजनिक गरिनेछ । 

आजको बैठकमा प्रधानमन्त्री ओलीसहित राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा सहभागी थिए ।  सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने बैठक बहिस्कार गरेका थिए ।