भिनाजुले गोली हानी गरे सालीको हत्या
खबर एक्सप्रेस
२०८२-०३-३० ११:३७ मा प्रकाशित
Total Shares: 124
विराटनगर - सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति एक १८ वर्षीया युवतीको गोली प्रहार गरी हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अर्सी खातुनलाई आफ्नै भिनाजु आजात मिया जटले गोली हानेका हुन् । प्रारम्भिक अनुसन्धानमा टाउकोमा नजिकैबाट गोली प्रहार गरिएको देखिएको छ।
घटनापछि आजात मिया भारततर्फ भागेको आशंका गरिएको छ । एसपी सुमनकुमार तिम्सिनाका अनुसार प्रारम्भिक अनुसन्धानमा भिनाजुले नै गोली प्रहार गरेको देखिएको छ ।
उनी तत्कालै भारततिर भागेपछि खोजी कार्य जारी रहेको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस