काठमाडौ - नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ५ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका हुन्।

महाधिवेशनमा पेश गर्ने दस्तावेजहरुको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको छ।

माघमा भने राष्ट्रिय सम्मेलन हुने भएको छ। पार्टीको विधानका कतिपय व्यवस्थामा छलफल गर्नुपर्ने भएकाले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको खतिवडाले बताए।

कार्यदलमा उपाध्यक्ष देवुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला छन्। व्यवस्थापनका लागि अर्को समिति बनेको छ।