नापोलीसँग युभेन्टस् पराजित, रोनाल्डोको लगातार आठ खेलमा गोल
खबर एक्सप्रेस
२०७६-१०-१३ ११:०० मा प्रकाशित
Total Shares: 446
काठमाडौं - इटालियन लिग सिरि ए फुटबलमा युभेन्ट्स पाजित भएको छ । आईतबार राति भएको खेलमा घरेलु टोली नापोलीसँग २१ गोल अन्तरले पराजित भएको हो ।
खेलमा पिओटर जिकिंस्कीले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन चार मिनेट बाँकी छँदा लोरेन्जो ईनसिग्नीले भली गोल गर्दै अग्रता दोब्बर बनाउने काम गरे ।
अन्तिम मिनेटमा रोनाल्डोले गोल अन्तर घटाउने काम गरेका थिए । रोनाल्डो लगातार ८ लिग खेलमा गोल गर्दै युभेन्ट्सका पहिलो खेलाडी बनेका छन् । यभेन्टसकाे यो सिजनमा दोस्रो हार हो ।
फेसबुक पेज Like गर्नुहोस