काठमाडौं महानगरमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड खोप
खबर एक्सप्रेस
२०७८-०६-२२ १०:३५ मा प्रकाशित
Total Shares: 247
काठमाडौं - महानगरपालिकामा आज शुक्रबारदेखि कोभिड-१९ विरुद्धको खोप अभियान सुरु हुँदैछ ।
दसैं लक्षित खोप अभियानमा १८ वर्षमथिका सबै नागरिकलाई खोप लगाइने महानगरले जानकारी दिएको छ । त्यसका लागि ३२ वटै वडामा खोप केन्द्र सञ्चालनमा छन् । भेरोसेलको पहिलो मात्रा लगाइन लागिएको हो ।
अभियान २४ असोजसम्म सञ्चालन हुने महानगर, जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले बताए ।
महानगरका ३२ खोप केन्द्रसँगै नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप लगाउन सकिनेछ । खोप बिहान १० देखि अपहराह्न ४ बजेसम्म लगाउन पाइनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस