वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-०३ १२:२७ मा प्रकाशित
Total Shares: 332
काठमाडौं - वीरगन्जमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ८४ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।
यस्तै, ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न नारायणी अस्पतालमा मृत्यु भएको थियो । उनीहरू दुबै जनाको मृत्युपश्चात् कोरोना पोजेटिभ देखिएको हो। योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस