सेभिया लालिगाको तेस्रो स्थानमा
खबर एक्सप्रेस
२०७७-११-११ ०९:५६ मा प्रकाशित
Total Shares: 299
काठमाडौं,एजेन्सी - सेभिया स्पेनिस ला लिगाको तेस्रो स्थानका उक्लिएको छ । गएराति भएको खेलमा सेभियाले ओसासुनालाई २-०ले परासजत गर्दै तेस्रो स्थान पक्का गरेको हो ।
१९ औं मिनेटमा डिएगो कार्लोसले गोल गर्दै पाहुना टोली सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४९ औं मिनेटमा लुक डी जोङको गोलको सहयोगमा सेभियाले २-०को जित दर्ता गर्न सफल भयो ।
तेस्रो स्थानमा उक्लिएको सेभियाले २३ खेलमा ४८ अंक जोडेको छ । शिर्षस्थानमा रहेको एट्लेटिको मड्रिडको ५५अंक छ । पराजित ओसासुना २५ अंक जोडेर १३ औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस