काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति रियल घरेलु मैदानमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो । 

बल पोसेसनमा पकड राखेपनि रियलले फिनिसिङ गर्न चुक्दा बराबरीमा रोकिन बाध्य बन्यो । योसँगै रियललाई उपाधि होडमा धक्का लागेको छ । रियलले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ र 

दोस्रो स्थानमा रहेको रियलले ३३ खेलमा ७१ अंक जोडेको छ । तर, एक खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ अंक छ । बेटिस पनि ५० अंकसहित छैटौं स्थानमा छ ।