लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
खबर एक्सप्रेस
२०७७-११-२७ ०९:४८ मा प्रकाशित
Total Shares: 286
काडमाडौं,एजेन्सी - इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगलाई २–० को तथा समग्रमा ४–० को जित निकाल्दै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।
खेलको ७० औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि ७४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २-०को जित दिलाए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस