काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जोन वाइडेनका बीचमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री र त्यहाँका राष्ट्रपतिका बीचमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटवार्तामा वाइडेनको परिवार र प्रधानमन्त्री प्रचण्डको छोरी पनि सहभागी भएका थिए। प्रधानमन्त्रीले राष्ट्रसंघको महासभालाई सम्बोधन गरिसकेका छन्।

उनी आजै त्यतैबाट सिधै चीन भ्रमणमा निस्कनेछन्। प्रधानमन्त्री भदौं ३० मा अमेरिका प्रस्थान गरेका थिए। अमेरिकाबाट आजै चीन भ्रमणमा निस्कने प्रधानमन्त्री असोज १३ मा मात्रै काठमाडौँ फर्किनेछन्।