प्रधानमन्त्रीलाई सभामुखले यसरी भेट्न मिल्छ ?
काठमाडौं - प्रतिनिधिसभाका सभामुखले प्रधानमन्त्रीलाई भेट गर्नु सामान्य भए पनि प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा गएर दुई घण्टासम्म भेट गर्नुलाई भने अस्वाभाविक मानिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा गएर प्रधानमन्त्री ओलीलाई भेट गरेपछि उनको तीव्र आलोचना भइरहेको हो।
प्रधानमन्त्री र सभामुखबीच विगतमा पनि भेट नभएका होइनन्। संसद्मा प्रधानमन्त्री आएका बेला सभामुखले प्रधानमन्त्रीसँग अनौपचारिक भेट गर्ने चलन छ। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विगतमा धेरैपटक प्रधानमन्त्रीसँग भेट गरेका छन्। तर, धेरैपटक आफ्नो कार्यकक्ष सिंहदरबार वा संसद् बैठक बसेको दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भेट भएको छ।
स्रोत भन्छ, ‘नेम्वाङले प्रधानमन्त्रीलाई उनको सरकारी निवासमा गएर औपचारिक भेट गरेको कुरा सायद छैन होला।’ सभाध्यक्ष नेम्वाङले भने यस विषयमा केही बोल्न चाहेनन्, उनले यति मात्र भने ‘प्रधानमन्त्री र सभामुखबीच धेरै समयदेखि भेट हुनसकेको थिएन सायद त्यही भएर होला बालुवाटार पुगेर लामो छलफल गर्नुभयो।’
सभामुख जस्तो उच्च पदाधिकारीले प्रधानमन्त्रीको नीजि निवास बालुवाटार मै पुगेर औपचारिक रूपमा प्रधानमन्त्री भेट गर्दा त्यसले व्यवस्थापिकाको मर्यादामा ठेस पुग्न सक्ने राजनीतिक विष्लेषण छ। प्रधानमन्त्री ओलीलाई सभामुख सापकोटाले विदाको दिन निवासमा पुगेर औपचारिक भेट गरेपछि के सभामुख प्रधानमन्त्रीको कर्मचारी हुन् भन्ने प्रश्न उठेको छ।
नागरिक दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस