काठमाडौं, जनकपुरधाम - प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दैछन्।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको थियो । 

जसअनुसार मुख्यमन्त्री राउतले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् । सम्भवत राउतले आजै मन्त्रिपरिषद विस्तार गर्नेछन् ।