काठमाडौं,एजेन्सी - विश्वकप विजेता फ्रान्स फिनल्यान्डसँग पराजित भएको छ ।

बुधबार राति घरेलु मैदान स्टाडे डि फ्रान्समा भएको खेलमा घरेलु टोली फिनल्यान्डसँग २–० ले पराजित भएको हो ।

विश्वकप विजेता फ्रान्सलाई पराजित गर्न फिनल्यान्डका लागि माकुस फोर्स र ओनी भलाकारीले एक एक गोल गरेका थिए ।

खेलको २८ औं मिनेटमा मार्कुसले गोल गर्दै फ्रान्सलाई १–० ले पछि पारेका थिए । त्यस्तै, ३१ औं मिनेटमा ओनी भलाकारीलेले गोल गरे ।

दोस्रो हाफमा भने दुबै टोलीबाट कुनै थप गोल हुन सकेन ।