म्यानचेस्टर सिटी र रियाल मड्रिडबीचको खेल स्थगित
खबर एक्सप्रेस
२०७६-११-३० १०:४१ मा प्रकाशित
Total Shares: 401
काठमाडौं - च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलको अन्तर्गत म्यानचेस्टर सिटी र रियाल मड्रिडबीच दोस्रो लेगको खेल स्थगित भएको छ । रियालका सबै खेलाडी क्वारेन्टाइनमा रहने भएपछि खेल स्थगित गरिएको हो ।
दोस्रो लेग सिटीको मैदानमा मंगलवार रातिको लागि तय भएको थियो । पहिलो लेगमा सिटीले रियालविरुद्ध २–१ को अग्रता बनाएको छ ।
रियालका बास्केटबल खेलाडीमा कोरोना संक्रमण देखिएपछि फुटबल टोलीलाई समेत करिब दुई साता आइसोलेसन वार्डमा राखिँदैछ । रियालकै खेलाडी आइसोलेसन वार्डमा रहने भएपछि स्पेनिस ला लिगा आयोजकले स्पेनिस ला लिगाको आगमी दुई चरणको खेल स्थगित गरिसकेको छ । कोरोना भाइरसको फैलँदो संक्रमणलाई लिएर क्लब फुटबलहरु प्रभावित भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस