काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले काडिजसँग १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । 

घरेलु मैदानमा खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता बार्सिलोनाले कायमै राख्न सकेन ।

बार्सा जिततर्फ अग्रसर हुँदा काडिजले अन्तिमतिर पेनाल्टी पायो । ८९औं मिनेटमा एलेक्स फर्नान्डेजले काडिजका लागि बराबरी गोल पर्काए । 

 यो बराबरीसँगै बार्सिलोना २३ खेलमा ४७ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । समान खेलबाट ५५ अंकसहित एट्लेटिको शीर्ष स्थानमा छ । काडिज भने २५ अंक जोडेर १४ औं स्थानमा छ ।