काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ ।
सचिवालय स्रोतका अनुसार बैठकमा मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट लगायतका एजेण्डामा छलफल हुनेछ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिवार बालुवाटारमा बैठक बोलाएका हुन् ।

.gif)


