काठमाडौं - यो साता कोरोनाभाइरसको संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार मृत्यु हुने ५ जना युएईमा रहेका नेपाली हुन् ।

योसँगै शनिबार साँझसम्म कोरोना संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालको संख्या २ सय पुगेको छ।

यो साता जापान, अस्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ।

कोरोना भाइरसका कारण अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको मृत्यु भएको छ ।

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ। ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको पनि समितिले जनाएको छ। यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो।