आइसोलेसनमा लाँदालादै भागे सात संक्रमित
खबर एक्सप्रेस
२०७८-०१-१० ११:२४ मा प्रकाशित
Total Shares: 257
काठमाडौं,कैलाली - धनगढीमा आइसोलेसन लग्ने क्रममा सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन्।
बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो ।
त्यसपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिनुभयो ।
ती संक्रमितहरु भारतको बेली जंगलतर्फ भागेकोे बताइएको छ।
फेसबुक पेज Like गर्नुहोस