आज थप ९१२ जनामा कोरोना पुष्टि, एककाे मृत्यु
खबर एक्सप्रेस
२०७९-०४-२० ०५:२२ मा प्रकाशित
Total Shares: 327
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ५२९ तथा एन्टिजेन विधिबाट ३८३ जनामा गरी ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।
कोरोनाबाट आज ३७० जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस