काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार पनि हेर्न नमिल्नेमा परेको छ ।उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको हो ।अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।

तर, आज पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो । निरौलाले यसअघि यो मुद्दामा सुनुवाइ गरेर झगडिया झिकाउने आदेश गरेका थिए ।अघिल्ला क्रमका मुद्दाहरू हेरेर सन्दीपको मुद्दा छाडी इजलास अगाडि बढेको छ । बलात्कार अभियोगमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्चमा पुनरावेदन गरेका हुन् ।अघिल्लो साता समेत पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो ।