काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विश्वभरि फैलिएको कोभिड–१९ ९कोरोना भाइरस० विरुद्ध कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेकपाको सचिवालय बैठकले कोरोना भाइरसबाट बच्न उच्च सर्तकता र सजगता अपनाउनुका साथै त्यसविरुद्ध कडा कदम चाल्न निर्णय गरेको सचिवालयका सदस्य एवम् वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । 

कोरोना भइरसको संक्रमणबाट बच्न र बचाउनका लागि जस्तोसुकै कदम चलाउनु परे त्यसका लागि सरकार तयारी अवस्थामा रहनुपर्ने समेत निर्णय भएको बताउँदै उनले त्यसका लागि पार्टी पंक्तिको पनि सहयोगी भूमिका रहने बताए । 

गोरखापत्र दैनिकबाट