स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते
खबर एक्सप्रेस
२०७७-०७-२३ ११:५६ मा प्रकाशित
Total Shares: 327
काठमाडौं,स्याङ्जा - स्याङ्जाको भीरकोटमा पराल बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
चार जना घाइते भएका छन् । भीरकोट ५ मा लु १ च २६९६ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका १७ वर्षका असिम सेनको उपचारका क्रममा पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा परि भीरकोट ५ का शिव सेन, मनोज सेन, दीलबहादुर सेन र अन्जन सेन घाइते भएका छन् ।
घाइते सबैको भीरकोटको कालीका सामुदायिक अस्पतालमा उपचार भइरहेको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । जीप चालक राजु पंगेनी फरार रहेका र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस