काठमाडौं, एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ५५ औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए ।

तर, घरेलु मैदानमा खेलको अन्तिम समयमा भिनिसियस जुनियरले गोल गरेपछि रियल हारबाट जोगिएको हो ।

खेलको ८९ औं मिनेटमा भिनिसियसले गोल गर्दै खेल १-१ को बराबरी गर्दै रियललाई हारबाट जोगाए ।

यस बराबरीसँगै रियलले २५ खेलमा ५३ अंक जोडेको छ । रियल लिगको तेस्रो स्थानमा रहेको छ । सोसिडाड ४२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।