काठमाडौं,एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयर्ल्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार शेख जियाज रंगशालामा साँझ ७:४५ बजे सुरु हुनेछ ।

अंब तालिकाको पुछारमा रहेको राजस्थानले सातौं स्थानमा रहेको चेन्नईसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुवै टोली पछिल्लो खेलमा पराजित छन् । दुवै टोली आजको खेलमा जित निकाल्दै लय सम्हाल्ने दाउमा छन् ।

चेन्नई भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा फाप्प डु प्लेसिस, सेन वाटसन, साम कुरनलगायतको खेलाडीको साथ मैदानमा उत्रिदैँछ ।

राजस्थानमा भने स्टेभ स्मिथको कप्तानीमा सञ्जु सामसन, जोस बटलर, बेन स्टोक्सलगायतका खेलाडी छन् ।

'हेड टु हेड'को आँकंडा हेर्दा चेन्नई राजस्थानमाथि हावी देखिन्छ । यी दुई टोलीबीच खेलिएका २२ खेलमध्ये १४ मा चेन्नई र ८ मा राजस्थान विजयी भएका छन् ।