काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा सेभियाले रोमाञ्चक जित हात पारेको छ । गएराति भएको खेलमा सेभियाले सेल्टा भिगोलाई उसकै मैदानमा ४-३ ले पराजित गरेको हो । 

खेलको सातौँ मिनेटमा जुलेस कोन्डेको गोलबाट सेभियाले अग्रता लिएको थियो । २०औं मिनेटमा इगो आसपासले पेनाल्टीमार्फत गोल गर्दै १–१ सेल्टालाई खेलमा फर्काए ।

२३औं मिनेटमा आसपासले व्यक्तिगत दोस्रो गोल गर्दै सेल्टालाई २–१ को अग्रता दिलाए । ३५औं मिनेटमा फर्नान्डोले गोल गर्दै सेभियालाई २२को बराबरीमा ल्याए । 

४३औं मिनेटमा ब्राइस मेन्डेजले गोल गर्दै सेल्टालाई पुन: ३-२ को अग्रता दिलाए । त्यसपछि भने सेल्टाले अग्रता कायम राख्न सकेन । ६०औं मिनेटमा इभान राकिटिकले गोल गर्दै सेभियालाई खेलमा फर्काए । ६औं मिनेटमा एलेसान्द्रो गोमेजले गोल गर्दै सेभियालाई ४–३ को रोमाञ्चक जित दिलाए । 

जितसँगै  शीर्ष चारमा रहेको सेभियाले ३० खेलबाट ६१ अंक जोडेको छ । पराजित सेल्टा ३७ अंक जोडेर १०औं स्थानमा रहेको छ ।