काठमाडौं, एजेन्सी - कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको समूह विभाजन भएको छ । यूईएफएले सोमबार राति समूह चरणको 'ड्र' सार्वजनिक गरेको हो ।

सार्वजनिक समूह विभाजन अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ । छनोटका खेल सन् २०२१ को मार्चबाट सुरु हुनेछ ।

कुन समूहमा कुन-कुन टिम ?

समूह 'ए' -पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जेमबर्ग, अजरबैजान

समूह 'बी' -स्पेन, स्विडेन, ग्रिस, जर्जिया, कोसोभो

समूह 'सी' -इटाली, स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुआनिया

समूह 'डी' -फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना, काजकस्तान

समूह 'इ' -बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस, एस्टोनिया

समूह 'एफ' -डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड, मोल्डोभा

समूह 'जी'-नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया, जिब्रालटार

समूह 'एच' -क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस, माल्टा

समूह 'आई' -इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा, सान मारिनो

समूह 'जे' -जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया, लिक्टेन्स्टाइन