खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दीमा
खबर एक्सप्रेस
२०८१-१०-२२ ११:०० मा प्रकाशित
Total Shares: 101
म्याग्दी - नेकपा (माओवादी केन्द्र) ले आज म्याग्दीको सदरमुकाम बेनीमा खबरदारी सभा गर्दैछ ।
दिउँसो हुने सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सहभागी हुन दाहाल सोमबार पोखरा हुँदै म्याग्दीको बेनी पुगेका छन् । अध्यक्ष दाहालसँगै नेताहरू दिनानाथ शर्मा, हरिराज अधिकारीलगायत रहेका छन् ।
अध्यक्ष दाहालले आज बिहान स्थानीहरूसँग जिल्लाको विकास निर्माण र आयोजनाहरूका बारेमा छलफल गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस