काठमाडौं - कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ । संक्रमणको परिस्थिती हेरेर तत्कालको लागि सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस गरिएको हो ।

सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन सुझावसहित मन्त्रिपरिषद्लाई सिफारिस गरिएको हो । संक्रमण बढ्ने परिस्थिती आए पुनः यातायात बन्द गर्न सकिने भएपनि तत्कालका लागि खुलाउन भनिएको उनको भनाई छ ।

लामो दूरीका सार्वजनिक यातायात खुलाउनेबारे अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।