कोरोनाबाट नेपालमा थप ३ जनाको मृत्यु, मृतक संख्या १०२ पुग्याे
खबर एक्सप्रेस
२०७७-०५-०१ ०४:४० मा प्रकाशित
Total Shares: 346
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।
यस्तै थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको मन्त्रालयले बताएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस