काठमाडौं - राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि संघीय सरकारले विनियोजन गर्ने बजेटको सिलिङ (सीमा) तोकेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको हो । आज बिहान पत्रकार सम्मेलन गर्दै अर्थ मन्त्रालयले सो जानकारी दिएको छ ।

सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको थियो। तर, मध्यावधि मूल्यांकन गर्दै खर्च हुन सक्ने बजेट भने १५ खर्ब ३० अर्ब आकलन गरिएको छ ।

सरकारले आगामी वर्षमा करिब ४ खर्ब ३६ अर्ब सार्वजनिक ऋणको सावाँ ब्याज भुक्तानी गर्दैछ ।