गृह मन्त्रालयद्वारा नागरिकताको अपमानजनक नाम सच्याउन निर्देशन
खबर एक्सप्रेस
२०७९-०४-२३ ०५:५३ मा प्रकाशित
Total Shares: 320
काठमाडौं - सरकारले अपमानजनक शब्द प्रयोग गरी नागरिकता प्रमाणपत्र जारी नगर्न आग्रह गरेको छ। गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनाउनेगरी प्रमाणपत्र जारी नगर्न अनुरोध गरेको हो।
यसअघि विभिन्न जिल्लाबाट जारी भएका नागरिकता प्रमाणपत्रमा अपमानजनक शब्द राखिएकोप्रति गृहले ध्यानाकर्षण गराएको हो।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने।'


.gif)



फेसबुक पेज Like गर्नुहोस