काठमाडौं- विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्याङ्जाका एक सांसद र मेयरले अमर्यादित हर्कत गरेका छन् ।

शुक्रबार विद्युत विकास विभागको सभा हलमा बुटवल पावर कम्पनीले सञ्चालन गर्दै आएको विद्युतको मूल्य सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम चलिरहेको थियो, कार्यक्रममा विद्युत नियमन आयोगका पदाधिकारी, कर्मचारी बुटवल पावर कम्पनीका पदाधिकारी लगायत विद्युत क्षेत्रका सरोकारवाला,स्याङ्जाका स्थानीयहरु,जनप्रतिनिधिहरु पत्रकार लागायतको उपस्थितिमा कार्यक्रम राम्रोसंग चलिरहेको थियो । 

कार्यक्रम चलिरहेकै बेला प्रदेश सांसद सरस्वती अर्याल तिवारी आइपुगिन उनको उपस्थितिसंगै कार्यक्रमको माहोल बिग्रन लाग्यो उनी मञ्चबाटै यो सार्वजनिक सुनुवाइ कार्यक्रम स्याङ्जामा हुनुपर्ने भन्दै कराउन थालिन् । उनलाई स्याङ्जामा कार्यक्रम गर्न सम्भव नभएको भन्दै विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले पटक पटक बुझाएपनि नियम कानुन विपरित आफ्नै ढंगको जिद्दी गरि रहिन ।

उक्त सार्वजनिक कार्यक्रममा अमर्यादित हर्कत गर्ने अर्का व्यक्ति हुन गल्याङ नगरपालिकाका नगर प्रमुख  गुरु प्रसाद भट्टराई, नगर प्रमुख जस्तो व्यक्ति अमर्यादित बनेपछि गल्याङ नगरपालिकाका सुशासन ,बिकास र समृद्धि कसरी सम्भव होला ? नगर प्रमुख भट्टराईलाई कार्यक्रममा आफ्नो मन्तव्य राख्न आयोगले समय उपलब्ध गराएको थियो । उनले आफ्नो भनाइ पनि राखेका भएपनि आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले बोल्ने क्रममा कराउन लागे भने नगर प्रमुख भट्टराईको बोलीमा लोली मिलाउन लागिन  प्रदेश सांसद सरस्वती अर्याल, उनीहरुको एउटै माग थियो सार्वजनिक सुनुवाइ कार्यक्रममा स्याङ्जामा हुनु पर्ने उनीहरुलाई नियम कानुन प्रक्रियासंग कुनै सरोकार छैन कराउन पाए भयो मंचमा बसेर धेरै हल्ला गर्न लागेपछि कार्यक्रममा उपस्थित व्यक्तिहरुले नराम्रोसंग गाली खाएका थिए भने कार्यक्रममा उपस्थित अर्का प्रदेश सांसद महेश भट्टराईले भने आफ्नो सान्दर्भिक भनाइ राखेका थिए ।