काठमाडौं-मिटरव्याजविरूद्ध कानुन ल्याउन माग गर्दै बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शन भएको छ। आइतबार मिटरव्याजी पीडितहरूले कानुन छिटो बनाउन माग गर्दै घेराउ गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले मिटरव्याज सम्बन्धी कानून तत्काल पारित गर, दलाल पूँजीवादी व्यवस्था अन्त्य गर, अवैधानिक मिटरव्याज तत्काल अन्त्य गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

नियोजित रुपमा यससम्बन्धी कानुनलाई निष्कृय पारेको भन्दै आफूहरुले न्याय नपाएसम्म उनीहरुले घर नफर्किने जनाएका छन्।