काठमाडौं, एजेन्सी - फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले पाराग्वेसँग बराबरी खेलेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको २२ औं मिनेटमा एन्जल रोमेरोले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई १(१ गोलको बराबरीमा ल्याउदै हारबाट जोगाए ।

घरेलु मैदानमा अर्जेन्टिनाले पाराग्वेविरुद्ध अन्य गोल गर्न सकेन ।

बराबरीसँगै छनोटमा अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ । पाराग्वे पाँच अंक जोडेर चौंथो स्थानमा रहेको छ ।