दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
खबर एक्सप्रेस
२०८०-०९-२४ ०१:२४ मा प्रकाशित
Total Shares: 137
काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार विहान सञ्चारमन्त्री रेखा शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।
उनीमाथि अवैध कल बाइपास, टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)मा अनियमितता गरेको आरोप छ । यसअघि प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।
खनाललाई २०७६ साउन ६ गतेको मन्त्रिपरिषद् बैठकले ५ वर्षका लागि नियुक्त गरेको थियो । उनको पदावधि आगामी साउनसम्म भए पनि खनालले करिब ६ महिना अगाडि नै राजीनामा दिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस