घट्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७८-०४-०३ ११:४८ मा प्रकाशित
Total Shares: 209
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन आइतबार तोलामा ६ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार १ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा २५ रुपैयाँले घटेर एक हजार २९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस