गीत संगीत क्षेत्रमा चर्चित बन्दै गोबिन्द कुँइकेल
काठमाडौं - गीत संगीत क्षेत्रमा गोबिन्द कुँइकेल निकै लोकप्रिय बन्दै गएका छन् । नेपाली गीत संगीत क्षेत्रमा लामो समय देखि निरन्तर संघर्ष गरिरहेका आशा लाग्दा गीतकार हुन गोविन्द कुइँकेल उनका सिर्जनाहरु प्रायः मायाप्रेम,मिलन बिछोड र जिन्दगीका वास्तबिक भोगाईमा केन्द्रित भएको देखिन्छ ।
अहिले बजारमा चर्चामा रहेको आनन्द कार्की र मिलन अमात्यको आवाजमा शिखर सन्तोषले संगीत भरेको यहाँ मायाँ बेचिन्छ बिश्वास बेचिन्छ । धोका र घृणाले सिमाना मिच्दैछ ।।भूलेरै नगर्नुस यहाँ मायाँ कसैलाई, यहाँ इमान बेचिन्छ जमान बेचिन्छ ।। राजु सिंहको संगीतमा दिवाकर शर्माको आवाजमा अब मायाको कुरा गर्दै नगर्नु कहानी भैसक्यो, तिमीले जलाउन खोजेको मान्छे खरानी भैेसक्यो, मैले बसाई सरेपछि तिम्रो चित्त दुःख्यो अरे, लत्याएर छोडेपछि भन आफै के भूल गरे, कृति न्यौपानेको संगीतमा सूजाता बर्माले गाएको तिमी सूर्यमुखी फूल हौ म हुं पारीजात । सूर्य सँगै फूल्छौ तिमी म पर्खन्छु रात।। र चन्द्रमामा दाग छ हजुर सूर्यमानी खोट होला। मुस्कुराउदै हिडे पनि म भित्रनी चोट होला।।, डिबि लामाको संगीतममा स्वरुपराज आचार्यले गाएको नशादेखि टाढै बस्नु भन्थ्यौ सधै साथ हुँदा, नशा आज प्यारो भयो तिमीले साथ छोडिदिदा , यिनकै संगीतमा मेलिना राईले गाएको सिउदो तिमीले भरे पनि मुटु अन्तै साटेकी थे, त्यो सिन्दुरको के अर्थ भो बाध्यतामा फसेकीथे । यस्तै मार्मिक र हृदय स्पर्शी गीतहरुका सर्जक हुन गोबिन्द कुँइकेल ।
संगीतको नक्कल गर्ने होडबाजी भइरहेको समयमा नेपाली मौलिक र मार्मिक शब्द चयन गरी सिर्जाना गर्नुलाई सामान्य मान्न सकिन्न । कुँइकेल भने आज चर्चित भएर भोलि मेटिने भन्दा दिर्घकालीन तर मौलिक शब्दहरुमै खेलिरहेका छन ।
आधुनिक गीतका अलवा कुँइकेलले लोक भजन पनि कोरेका छन । राजेन्द्र श्रेष्ठको स्वर संगीतमा रहेको कृष्ण तिम्रो बासुरीको धुन सुनाईदेउन, मरेपछि मुक्ती मिल्ने बाटो देखाइदेउन, चर्चित भजन जय जय माता स्वस्थानी प्रभुकै चरणमा पर्यौ हामी गर्छौ भक्ति जानी नजानी लगायतका छन ।
कुँइकेल चर्चामा छैनन तर धेरै चर्चित संगितकार तथा गायकहरु मार्फत आफ्ना सिर्जनाहरु श्रोतामाझ भने पस्कि सकेका छन । नेपालका चर्चित संगीतकारहरु उदय शमशेर राणा, शिखर सन्तोष, शक्ति बल्लभ, राजु सिंह, कृती न्यौपाने, डीबी लामा, प्रमोद निर्माण लगायतका संगीतकारहरु चर्चित गायक गायिकाहरु आनन्द कार्की मिलन अमात्य, सूजाता बर्मा, स्वरूप राज आचार्य, दिबाकर शर्मा, मेलिना राई,प्रताप दास,अनु चौधरी र मनोज लामिछानेले उनका गीतहरुमा स्वर भरेका छन । नेपाली साँगितिक बजारमा ‘मन दियौ मुटु दियौ माया दियौ मलाई, थाहै नपाई माया बस्यो जीवन दियौ मलाई’ प्रताप दास र अनु चौधरीको स्वर र डीबी लामाले संगीत भरेको गीत चर्चामा छ ।
विगतमा नेपाली गीतहरु श्रीजना गरीदा शब्द, लय, ताल चयनमा अति ध्यान दिने गरिन्थ्यो । शब्द, संगीत, स्वर छनौटको लागी रेडियो नेपालमा एक बोर्ड नै हुने गर्दथ्यो र सोही बोर्डको स्वीकृति पश्चात गीत रेर्कड हुने र संगित बजारमा प्रबेशहुने सौभाग्य मिल्थ्यो । यसरी कडा परिश्रमका साथ तैयार भयको गीत बल्ल श्रोता माझ आईपुग्थ्यो, फलस्वरुप गीतहरु कर्णप्रिय र सदाबहार हुने गर्दथ्यो । माधव घिमिरे, रत्न शमशेर थापा, काली प्रसाद रिजाल, दिनेश अधिकारी, हरिभक्त कटुवाल, नागेन्द्र थापा, भोला रिजाल, यादव खरेल, भैरवनाथ रिमाल जस्ता अनगिन्ती गीतकारका शब्दहरुलाई उदाहरणकोरुपमा लिन सकिन्छ । संगितकारहरुमा गोपाल योन्जन, अम्बर गुरुङ, शम्भुजित बास्कोटा, उदय शमशेर, दिपक जँगम, नातिकाजी जस्ता अनगिन्ती संगितका श्रष्टाहरु छन । जसका शब्द संगितलाई आज कालजयी सदाबहार गितको उपमा मिलेको छ । पछिल्लो समय गोबिन्द कुँइकेलका शब्दहरु त्यस्तै त्यस्तै सदाबहार छन । कुँइकेलका गितहरु चर्चित छन तर सर्जक स्वयं भने गुमनाम छन । एफएम,रेडियो लगायतले गित बजाउंदा गायकको मात्रै नाम लिन्छन तर शब्द र संगित सर्जकको नाम लिन हिच्किचाउंछन ।
फेसबुक पेज Like गर्नुहोस